जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार ११:१९

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाउने मुख्य मतियार प्रचण्ड !


काठमाडौं, चैत १५

गत चैत १ गते आइतवार विहान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गर्नुभयो । फोन पनि प्रचण्डका सहयोगीलाई नभई सिधै उहाकै नम्बरमा प्रधानमन्त्रीले गर्नुभएको थियो । अर्थात दुवै शिर्ष नेताबीच तेस्रो पक्ष नराखी कुराकानी भयो ।

करिव ३ मिनेट जति फोनमा कुराकानी भएपछि संवाद सकियो । त्यसपछि केही अनलाइनमा स्रोतको हवला दिदै सो टेलिफोन संवादको समाचार आयो, तर फरक शैलीमा । समाचारमा स्रोतले उल्लेख गरेको भन्दै प्रचण्डले प्रधानमन्त्रीसँग भेट्न मानेनन् भनेर । वास्तवमा त्यो स्रोत अरु कोही नभएर स्वयम प्रचण्ड नै रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला आएको केही दिनमा आफूले प्रचण्डलाई फोन गरेको बताउनु भयो । तर, प्रचण्डले गलत व्याख्या गरेको ओलीले स्पष्ट पार्नुभयो । ‘मैले प्रचण्डजीलाई फोन गरेको हुँ, उहाँले केन्द्रीय समिति बैठक सकिएपछि फोन गर्छु र भेटौं भन्नुभएको थियो,’ ओलीले भन्नुभयो, ‘मैले केन्द्रीय समिति बैठक भनेर टार्दिए भनेर प्रचण्डले भन्नुभएछ, मसँग त्यस्तो कुरा भएको थिएन ।’

प्रधानमन्त्री ओलीले आफुले सोझै उहालाई फोन गरेको बताउदै त्यहा बीचमा कोही पनि पत्रकार नराखिएको बताउनु भयो । ‘मैले अरु कोही होइन, सोझै उहालाई, उहाको भाई, छोरा, पिए कसैमार्फत होइन, सोझै उहाँलाई फोन गरेको थिए । सोझै उहा र मेरोबीचको संवाद भएको थियो । त्यहाबीचमा पत्रकार राखिएको थिएन । उहाकै मुखबाट त्यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सर्वोच्च अदालतको निर्णयपछि निर्वाचन आयोगले १५ दिनको समय दिएकाले उहा (प्रचण्ड) यसविषयमा छलफल गर्न तयार हुनुहुन्छ कि भने फोन गरेको समेत खुलाउनु भयो । टेलिफोनमा प्रचण्डले केन्द्रीय कमिटीको बैठक सकिएपछि फोन गर्नु अनि भेटौला भन्ने जवाफ दिएको ओलीले बताउनु भयो । ‘बैठक सकिने वित्तिकै उहाको शब्द नै त्यही हो, भन्नुभएको थियो, पछि सञ्चारमाध्यममा मैले केन्द्रीय कमिटीको बैठक छ भनेर टार्दिए, मैले भेट्न मानिन भनेर सञ्चारमाध्यममा दिनुभयो, तर मसँग चाँही त्यस्तो कुरा गर्नुभएको थिएन्’, टेलिफोन सम्वादको विषय खुलाउदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।