जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार २०:३५

‘सरकारले उपत्यकाबासीलाई फागुको उपहार धारामा पानी’


काठमाडौं, चैत्र १५

नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले फागुमा उपत्यकाबासीलाई धारामा पानी पठाएर उमंग प्रदान गरेको बताउनु भएको छ । ऐतिहासिक मेलम्चीको पानी उपत्यकाबासीलाई वितरण गरेको प्रसंग उल्लेख गर्दै उहाले होलीको उमंग सरकारले प्रदान गरेको बताउनु भएको हो ।

सरकारले दुई दशकदेखी लामो सपना साकार बनाउदै आजबाट उपत्यकाबासीको धारामा पानी पठाउन शुरु गरेको छ । सोही बारेमा नेता पोखरेलले सामाजिक सञ्जालमा भन्नु भएको छ, ‘काकाकुल बनेका काठमाण्डौ वासीलाई सरकारले फागु पूर्णिमाका दिन धारामा पानीको उपहार पठाएर होलीको उमंग प्रदान गरेछ । बधाई छ सबैलाई ।’