जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार ११:३३

होलीमा पानी भनेर एसिड छेप्दा काठमाडौंमा पाँच बालबालिका घाइते


काठमाडौं, चैत्र १६

शंखरापुरमा होली खेल्ने क्रममा अन्जानमा पानी भनेर एसिड आपसमा छेप्दा पाँच बालबालिका घाइते भएका छन् । शंखरापुर–१ स्थित नविन ग्राममा डेरी सञ्चालनका क्रममा प्रयोग भएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन् ।

आइतबार खेल्दै जाने क्रममा बालबालिकाले एसिडलाई पानी भनेर दलेको प्रहरीले जानकारी दिएको छ । एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ्ग र ११ वर्षका सविन तामाङ्गको स्थानीय शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ९ वर्षका विशाल तामाङ्ग उपचारपछि घर फर्केका छन् ।

एसिडका कारण हात जलेका १७ वर्षका पवन पहरी र आकाश तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।