काठमाडौं, चैत १६
विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वायूप्रदूषण बढेपछि सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषणबाट बालबालिकालाई बचाउनका लागि केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले यसबारे छिट्टै निर्णय हुने बताउनुभयो । चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौ । छिट्टै निर्णय लिइन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । वायूप्रदुषणका कारण मानिसहरुमा आँखा पोल्ने,रुघाखोकी लाग्ने,टाउँको दुख्ने लगायतका समस्या भइरहेको छ । विशेष गरी बालबालिका र वृद्धवृद्धालाई बढी ग्राहो हुने भएकाले सरकारले यस्तो निर्णय गर्न लागेको हो । सरकारले यसअघि वायुप्रदूषण बढेको भन्दै अत्यआवश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्