जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार १५:२२

व्यापारी टपिन्द्र तिम्सिनाको घरमा माधवले गरे फेरि प्रचण्डसंग गोप्य छलफल, दिए एमालेमा नबस्ने संकेत


काठमाडौं, चैत १६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फेरि पनि छलफलमा जुट्नुभएको छ । उहाँहरूबीच लगातार जसो भइरहेको गोप्य छलफलपछि अब एमालेमा नेपाल नबस्ने संकेत गर्नुभएको हो । माधव र प्रचण्डले गरेको पटक-पटकको गोप्य छलफलपछि अब एमालेमा माधव नेपाल नबस्ने खुलासा भएको छ ।

कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा उनीहरुबीच एक घण्टाअघिदेखि छलफल शुरू भएको छ । यसअघि चैत १३ मा पनि प्रचण्ड-माधव त्यही घरमा छलफलमा बस्नुभएको थियो । उहाँहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । १२ चैतमा पनि उनीहरू कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफलमा बस्नुभएको थियो ।