काठमाडौं, चैत्र १६
सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीले आजैबाट आन्दोलनकारीसँग वार्ता थाल्ने सरकारका प्रवक्ता एंव सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनु भएको छ । थरुहटले निलम्बित सांसद रेशम चौधरीको रिहाइलगायतका विषय उठाइरहेका छन् । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरित हुने गरी चौधरीको रिहाई नहुने स्पष्ट पारिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्