जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार १६:०२

पार्टीलाई चुनौति दिदै समानान्तर कमिटी गठन गरेपछि एमालेले निकाल्यो तीन नेता


अर्घाखाँची, चैत्र १६

पार्टीलाई नै चुनौति दिदै समानान्तर कमिटी गठन गरेपछि नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले तीन नेतालाई निष्कासन गरेको छ । पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने तीन नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो ।

पार्टीलाई कमजोर बनाउने, फुटपरस्त गतिविधि गर्ने र पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरुलाई निष्कासन गरिएको एमाले अर्घाखाँचीले विज्ञप्ती निकालेर जानकारी दिएको छ । जिल्ला पार्टीको आज बसेको बैठकले नेकपा एमालेका तत्कालीन सचिव रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको हो ।

चौहान तीन दिनअघि एमाले माधव नेपाल समूहले गठन गरेको समूहको जिल्ला अध्यक्ष बनेका थिए ।