जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार १६:३६

थारुका माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता टोली गठन, चाँडै माग सम्बोधन हुन्छ : मन्त्री गुरुङ


काठमाडौं, चैत १६

सरकारले थारु कल्याणकारी सभा, थारुहट—थारुवान संयुक्त संघर्ष समिति र केन्द्रिय आन्दोलन परिचालन समितिले राखेका १९ बूँदे माग सम्बोधन गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूूर्व सांसद भगवती चौंधरीको वार्ता टोली गठन गरिएको सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङल बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो,‘थारु कल्याणकारी सभा, थारुहट—थारुवान संयुक्त संघर्ष समिति र केन्द्रिय आन्दोलन परिचालन समितिले राखेका १९ बूँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले माननीय गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूूर्व सांसद भगवती चौंधरी सदस्य रहनु भएको तीन सदस्यीय वार्ता टोली गठन गरियो । वार्ता आजैबाट सुरु हुने र त्यसले सफलता प्राप्त गर्ने विश्वास दिलाउन चाहन्छुु ।’ मन्त्री गुरुङले उहाँहरुको माग चाँडै नै सम्बोधन हुने पनि बताउनुभयो ।