जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार २२:०३

वामपन्थी नेता मानन्धरको निधन


काठमाडौं, चैत्र १६

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको छ । उहाको आज राति ८ बजेर २० मिनेट जाँदा पाटन अस्पतालमा निधन भएको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मानन्धरलाई दुई हप्ता अगाडि स्वास्थ्य समस्या भए पछि पाटन अस्पताल भर्ना गरिएको उहाँका छोरा सुनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका एक छोरा तीन छोरी हुनुहुन्छ । मानन्धरको मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ ।

नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाउनु भएको थियो । २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गर्नुभएका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गर्नुभएको थियो ।