जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार १२:२५

चुनाव चिन्ह सुर्य र शक्ति माग्दै प्रचण्ड सर्वोच्च अदालतमा


काठमाडौं, चैत्र १७

तत्कालिन नेकपा साविक नेकपा एमाले र माओवादी केन्द्रमा कायम भएपछि शक्ति विहिन जस्तै बनेका पुष्पकमल दाहाल, प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको छ । सुर्य चिन्ह र शक्तिशाली नेता बन्नका लागि नेकपा चाहिने निष्कर्षसहित प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको हो ।

सर्वोच्च अदालतले फागुन २३ गते दिएको आदेशमार्फत प्रचण्ड १७४ सांसदको नेताबाट ५३ सांसदको नेताका रुपमा झर्नु भएको थियो । कुनै बेला सुर्य चिन्ह हाम्रै हो भन्दै माइतिघरमा धर्ना दिनु भएका प्रचण्ड सोही चिन्हको माग गर्दै अदालत पुग्नु भएको हो ।

एमाले–माओवादी ब्यूँताउने अदालतको फैसला पुनरावकलोकनका लागि निवेदन दिन प्रचण्डसहितका नेताहरु माधव नेपालसहितको समर्थन लिएर सर्वोच्च अदालत पुग्नु भएको छ । अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश स्थायी कमिटि सदस्यहरु सर्वोच्च पुगेका हुन् ।

नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र मातृका यादव लगायत नेताहरु नेकपा एकता बदरको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन सर्वोच्चमा देखिनु भएको छ ।