जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार १३:५६

एमालेबाट सांसद बन्दै जानकीदेवी


काठमाडौं, चैत्र १७

नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा जानकीदेवी रामलाई निर्वाचित गर्न सिफारिस गरेको छ । सिरहाकी जानकीदेवीलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र पठाइएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवाको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर गईसकेकाले उनको नाम बन्द सूचीबाट हटाउने निर्णयसमेत एमालेले गरेको छ । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।