काठमाडौं, चैत १७
साताको तेस्रो दिन आज शेयर बजारमा (नेप्से) ३२.१५ अंकले वृद्धि भएको छ । १.२६ प्रतिशतले बढेको बजारमा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा बढेको छ । आज वमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ३४ रुपैयाँ पुगेको हो ।
दोस्रो बढी सेयर मूल्य बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ । यसको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिसेयर ७ सय ६ रुपैयाँ कायम भएको छ । सबैभन्दा बढी कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यसको आज ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।













प्रतिक्रिया दिनुहोस्