जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार २१:११

प्रदेश–१ सभामा एमाले संस्थापन पक्षमा फर्किए नेपाल समुहका सांसद, सरकार बलियो (पत्रसहित)


काठमाडौं, चैत्र १७

प्रदेश–१ प्रदेशसभामा नेकपा एमाले एक ढिक्का बनेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने माधवकुमार नेपाल समुहका सांसदले फिर्ता लिएपछि सरकार बलियो र पार्टी पनि एक ढिक्का बनेको हो ।

नेपाल समूहले प्रदेश १ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ । नेपाल समूहका भीमप्रसाद आचार्यसहितका १६ सांसदले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन् ।