जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १२:१२

बागमति प्रदेश : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ताबाट पछि हट्यो नेपाल समुह


काठमाडौं, चैत्र १८

नेकपा एमाले पुनःस्थापित भएपछि माधवकुमार नेपाल समुह मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट पछाडी हटेको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरुले नाम फिर्ता लिएका छन् ।

मंगलबार नै नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जना बाहेकले नाम फिर्ता लिएका थिए । बाँकीले आज लिने जानकारी गराएको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदसँग मिलेर नेपाल समुहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । एमालेले आफ्ना सांसदलाई तीन दिनभित्र प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।