काठमाडौं, चैत्र १८
नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बित नेता माधवकुमार नेपालले आफ्नै पार्टी कार्यालय खोल्नु हुने भएको छ । उहाले कुन पार्टीको भनेर नभनेपनि आफुहरुले पनि भवन खोजी रहेको बताउनु भएको हो ।
नेपाल गुटको ‘युवा संघ नेपाल’ नाम दिएको संगठनको राजधानीमा कार्यालय उद्घाटन गर्दै उहाले आफुहरुले पनि पार्टी कार्यालय खोल्न लागेको जानकारी दिनुभयो । उहाले आफूहरुलाई समेत युवा संघले उछिनेको बताउनु भयो । ‘हामीले पनि भवनको खोजी गरेका छौँ’, नेता नेपालले भन्नुभयो, ‘राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस् ।’
नेता नेपाललाई पार्टी हितविपरित काम गरेको भन्दै ६ महिनाका लागि साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । एमाले पुनःस्थापित भएपछि उहा एक पटक प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि पार्टी कार्यालय धुम्बाराही जानु भएको थियो । त्यसयता उहा जानु भएको छैन ।













प्रतिक्रिया दिनुहोस्