जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १८:५२

नेपाललाई ज्ञवालीको आग्रह – एमाले मन नपरे अर्को पार्टी खोल्नुस् वा कुनै दलसंग जोडिनुस्


काठमाडौं, चैत १८

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिनुभयो । उहाँले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गर्नुभयो ।

‘उहाँले भन्नुभयो,नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो ।’ उहाँले थप्नुभयो, ‘मलाई नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसंग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ । विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ ।’

एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उहाँले कारवाहीको चेतावनी दिनुभएको हो । एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने गतिविधि गरे कारबाही हुने ज्ञवालीले चेतावनी दिनुभयो । ‘घर त्यहाँ हुन्छ जहाँ मन बस्छ भन्छ नि । मन बस्ने ठाउँमा नै संगठनको गतिविधि गर्ने हो’ ज्ञवालीले थप्नुभयो, ‘एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने काम गर्न मिल्दैन । त्यो कारबाहीको विषय हो ।’

‘तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यसलाई बलियो बनाउनुस् । चित्त बुझ्दैन, अट्नै नसक्ने निश्कर्षमा पुगेको हो भने त्यसमा जबर्जस्ती गर्ने कुरा पनि केही छैन’ उहाँले भन्नुभयो । माधव नेपाल समूहलाई ज्ञवालीको पश्न छ । ‘समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा पुग्न सकिन्छ ?