जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार १०:१३

गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध छ – मन्त्री गुरुङ


काठमाडौं, चैत्र १९ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधनगर्ने प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।

मन्त्रीगुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय र सर्वसुुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरु लाई आग्रह समेत गर्नु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धि अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागि पर्ने बताउनुभयो ।

‘इन्टरनेट, टेलिफोन लगायतका सेवामा सबैको पहुँच पुु¥याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘ स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथदिन म आह्वान गर्दछु ।’मन्त्री गुरुङले सबै स्थानीयतहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुु¥याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पार्नु भयो । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।