जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार १२:४९

एमाले अध्यक्षबाट ओलीलाई हटाएर आफै अध्यक्ष बन्ने माधव नेपालको घोषणा


पोखरा, चैत्र १९

नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गर्नुभएको छ । नवौ महाधिवेशनमा ओलीसँग पराजित नेता नेपालले अब आफै अध्यक्ष बन्ने घोषणा गर्नुभएको हो ।

पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने बताउनु भयो । नेकपा हुँदा पनि नेता नेपालले माइतिघरबाट ओलीलाई हटाएर आफै अध्यक्ष बन्नु भएको थियो । तर, त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले खारेज गरिदिएपनि केही कार्यक्रममा नेकपा कै अध्यक्षको हैसियतमा नाम आफैले लेख्नु भएको थियो ।

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन पनि दिनुभयो । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिनुभयो ।