काठमाडौं, चैत्र १९
मेलम्चीको पानी काठमाडौं झरेपछि त्यसको जस लिन अहिले दल र नेताहरुको ताँती लागेको छ । सो ताँतीको अग्रभागमा उभिएको छ, नेपाली कांग्रेस । मेलम्ची ल्याउने विषय कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले गरेका थिए । यसमा कसैको दुई मत छैन ।
भट्टराईले नेताकै शैलीमा भाषण गरेर मत मागेपनि काम भने केही मात्रामा शुरु भएको थियो । त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा धेरै लामो समय सरकार बन्यो । तर, मेलम्चीका विषयमा कहिले गम्भिर बनेन । जहिले पनि मागी खाने भाँडो सरकारले यसलाई बनाइरह्यो । लागत बढेर दोब्बर भन्दा बढि भयो, तैपनि मेलम्ची कहिले काठमाडौं आउछ भनेर कुनै सरकारले भन्न सकेनन् ।
२०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि ३ वर्षमा भाका सार्दै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याउन सफल भएको छ । यसका लागि कति अवरोध र कानुनी एंव स्थानीय केही दलका कार्यकर्ताको झमेला खेप्नु परो, त्यसको बयान गरिरहनु पर्दैन ।
तर, राजनीति अचम्मको विषय हो । मेलम्चीको पानी काठमाडौं आईपुगेकामा नेपाली कांग्रेसले विज्ञप्ती निकालेर कांग्रेसलाई नै बधाई दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विहिवार एक विज्ञप्ती निकाल्दै काम गर्ने ओली सरकारको नाम नलिदै कांग्रेसलाई बधाई दिनुभएको हो ।
हेर्नुहोस् यो भिडियो













प्रतिक्रिया दिनुहोस्