जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार ११:२३

माधव गुटलाई प्रदीप नेपालको कठोर प्रहार, एमाले कार्यकर्तालाई छ यस्तो सुझाव


काठमाडौं, चैत्र २०

नेकपा एमालेका नेता प्रदीप नेपालले माधव नेपाल समुहलाई कठोर प्रहार गर्नुभएको छ । शक्तिमा हुँदासम्म कार्यकर्ता नचिन्ने र अप्ठ्यारो पर्दा सम्झना आउन थालेको भन्दै व्यङग गर्नुभएको हो ।

एमालेबाट निलम्बित भएपछि नेता कार्यकर्ता खोज्न माधव नेपाल निस्किरहनु भएको नेता प्रदीप नेपालको यस्तो भनाई बाहिर आएको हो । उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘हाम्रा आधा दर्जन नेताले कार्यकर्ता चिनेनन् जब आफूलाई अप्ठ्यारो पर्यो तब उनीहरुलाई कार्यकर्ताको संझना आयो । भोली पनि यही काम दोहोरिने होला । जय होस् !