जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार २२:२०

ओलीले मात्रै मधेशका मुद्दा सम्बोधन गर्न सक्नुहुन्छ : जसपा नेता कर्ण


काठमाडौं, चैत्र २२

जनता समाजवादी पार्टीका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै मधेशको माग पुरा गर्न सक्ने बताउनु भएको छ । उहाले अन्य दलसँग अहिले त्यो तागत नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाले त्यसैकारण पनि आफुहरुले अन्य दलको विश्वास गर्न नसकेको बताउनु भयो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरूको विश्वास छैन, हामी उहाँकै साथमा छौँ,’ नेता कर्णले अगाडी भन्नुभयो, ‘मधेसका मुद्दा ओलीले मात्र समाधान गर्न सक्नुहुन्छ, सम्बोधन गर्न सक्नुहुन्छ, यही कारण हामी ओलीको साथमा छौँ ।’

आफ्ना माग सरकारले पुरा गर्ने बताउदै सरकारमै रहेका व्यक्तिले मात्रै त्यो पुरा गर्ने स्पष्ट पार्नुभयो । ‘सरकारमा भएको पार्टीले नसकेर अरूले सक्लान् र ? अहिले हामीले एमालेसँग मात्र छलफल गरिरहेका छौँ’, उहाको भनाई छ । अन्य दलसँग छलफल भएपनि त्यो ति दलहरुबाट सम्बोधन हुन नसक्ने भनाई नेता कर्णले राख्नुभयो । ‘माग सम्बोधन भएपछि मात्र सरकारलाई औपचारिक रूपमा सहयोग गछौँ, ढिलोचाँडो ओली सरकारले माग सम्बोधन गर्छ’, नेता कर्णको भनाई छ ।