जनता टाइम्स

२३ चैत्र २०७७, सोमबार १२:५९

जसले पद त्यागेर एमाले रोजे, भन्छन् : पाखण्डी र उल्लुहरुको पार्टी माओवादीमा बस्दिन


काठमाडौं, चैत्र २३

नेपाली राजनीतिमा पद भन्ने वित्तिकै झण्डै दुई तिहाईको पार्टी फुटाएर तितरवितर बनाए । आफ्नो स्वार्थका लागि एकता नहुदै दुई मध्ये मुख्य अध्यक्षलाई साधारण सदस्यबाट निकालेर सडकबाट अध्यक्ष घोषणा गरे । राजनीतिमा यो नौलो विषय होइन् । तर, त्यही पार्टीमा कोही यस्ता नेता पनि छन्, जसले सांसद पद त्यागेर एमाले रोजे ।

लुम्बिनी प्रदेश सभामा माओवादीका सांसद दिनेश पन्थी र दधिराम न्यौपाने एमालेमा प्रवेश गर्नुभयो । एमाले आउँदा पद जान्छ भन्ने कुरा थाहा हुँदा हुदै पनि उहाहरुले त्यसलाई सहर्ष स्विकार गर्नुभयो । पन्थीलाई हामीले सोध्यौ ? सांसद जस्तो पद त्यागेर माओवादी किन छाड्नु भयो ? ‘पदका लागि पाखण्डी र उल्लुहरुको पार्टीमा बस्नुभन्दा पद छाडिदिन्छु’, पन्थीको भनाई छ ।

माओवादी केन्द्रले प्रदेश सभाका सभामुखलाई पत्र दिएर दिनेश र दधिरामलाई सांसद् पदबाट हटाउन भनेको छ । ‘पार्टी भनेर बसियो, नेता भनेर सधैं सम्मान गरियो, श्रद्धा पनि गरियो । तर, उल्लु–उल्लु कुरा गरे पछि त्यस्तो पार्टीमा बस्नुको के अर्थ भयो र ?’, पन्थीको कडा प्रश्न थियो ।

उहाले विगतमा माओवादीमा लाग्नु आफ्नो भ्रम रहेको र अब आफू भ्रममुक्त बनेको पनि बताउनु भयो । उहाले सांसद पदभन्दा एमाले आफुलाई प्यारो भएको पनि स्पष्ट पार्नुभयो ।