काठमाडौं, चैत्र २३
नेपाली सेनाले अन्तर्राष्ट्रिय सीमामा रहेका स्तम्भको सरसफाइ र रङ्ग लगाउने काम गरेको छ ।

दोलखामा तैनाथ तारादल गणले चैत्र २ गतेदेखि २१ गतेसम्म सो जिल्लामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल–चीन) ईलाकामा रहेका सीमा स्तम्भहरुको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरेको छ । सरसफाईका क्रममा मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउने कार्य गरेको सेनाले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्