जनता टाइम्स

२३ चैत्र २०७७, सोमबार १८:२२

सदनको एजेन्डा सरकारले तय गर्ने होइन, दर्ता गर्ने हो : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं, चैत्र २३

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सदनलाई सरकारले बिजनेस नदिएको भन्ने सांसदहरूको भनाइप्रति असन्तुष्टि जनाउनु भएको छ । उहाले सदनलाई सरकारले विजनेश दिने नभई दता गराउने काम मात्र सरकारको भएको प्रष्ट पार्नुभयो ।

प्रतिनिधिसभामा सांसदहरुसग प्रश्नोत्तर गर्दै उहाले विभिन्न समयमा दर्ता गरेका सन्धिमा चाँही वास्ता नगर्ने अनि विजनेश दिएन भनेर गुनासो गर्न नहुने विचार राख्नु भयो । संसद्‌मा सन्धिहरु दर्ता गराएको तर सदनले अगाडि नबढाएको भन्दै किन अगाडि नबढाएको हो भनेर प्रश्न गर्नुभयो ।

‘विभिन्न सन्धिहरू सदनमा सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दैन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो’, उहाको भनाई छ ।

कांग्रेस सांसदले एमसीसीलगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘सरकार जहिले पनि एमसीसी भन्नुस्, आईएईएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरू अनुमोदनका लागि दर्ता भएका छन् । हामी त सधैं तयार छौं । सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ ।’