काठमाडौं, चैत्र २३
नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले एमसीसी लगायतका सम्झौता के भईरहेको छ भनि संसदमा प्रश्न उठाउनु भएको छ । उहाले त्यस्ता ८ वटा सम्झौता संसदमा अड्किएको भन्दै के हाम्रो निर्णय गर्न सक्ने क्षमता कमजोर भएको हो भन्दै सांसदमाथी प्रश्न पनि उठाउनु भएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा समय लिएर बोल्दै उहाले एमसीसी लगायत ८ वटा अन्तराष्ट्रिय सन्धिहरु संसदमा विचाराधिन रहेको भन्दै त्यसलाई किन पेस नभएको भन्दै विषय प्रवेश गराउनु भयो । ‘एमसीसी लगायतका ८ वटा सन्धि सम्झौताहरु अड्काएर बसिरहेका छन् । के खोजिरहेको छ ? के हेरिरहेको छ ? अन्तराष्ट्रिय जगतमा हाम्रो के भईरहेको छ । एउटा विल संसदमा राखेर सम्झौताहरु पास गर्न नसक्ने हाम्रो क्षमता कहा छ ?’, उहाले संसदमा सरकार र सभामुखलाई प्रश्न गर्नुभयो । यी सबै विषयहरु कार्यन्वयन गर्न समेत आग्रह गर्नुभयो ।
सांसद राजभण्डारीले सभामुखको निर्वाचन किन हुन नसकेको भन्दै ध्यानकर्षण समेत गराउनु भयो । संवैधानिक व्यवस्था अनुसार सभामुख पुरुष भएकाले उपसभामुख महिला हुनुपर्नेमा अहिलेसम्म उपसभामुख विहिन भएको भन्दै ध्यानकर्षण गराउनु भएको हो । यसैगरी उहाँले कोरोनाका विषयमा सर्वदलिय बैठक डाकेर अगाडी बढ्न स्वास्थ्य मन्त्रीलाई सुझाव समेत दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्