जनता टाइम्स

२३ चैत्र २०७७, सोमबार २१:१०

नेपालको पूर्वीभागसहित काठमाडौंमा भुकम्पको झट्का


काठमाडौं, चैत्र २३

नेपालको पूर्वीभाग सहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ ।

पूर्वतिर केन्द्रविन्दु बनाएर ९ बजेर ७ मिनेटमा भुकम्प गएको स्थानीयले जानकारी दिएका छन् । पूर्वमा भने करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् ।

भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् । काठमाडौंमा भने छोटो समयका लागि आएको थियो ।

भारत–भुटानको सीमालाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरको भुकम्पको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । त्यसैको झट्का महसुस नेपालसम्म भएको बताइएको छ ।