जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार ११:१८

मुख्यमन्त्री पोखरेलको एक्सनपछि रोकियो अविश्वासको प्रस्ताव, बहुमत पुग्न नै सकेन


बुटवल, चैत्र २४

विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर मुख्यमन्त्री शंकर पोखरेलमाथी ल्याउन लागिएको भनिएको अविश्वासको प्रस्ताव नआउने भएको छ । दुई दलले बहुमत जुटाउन नसकेपछि प्रस्ताव दर्ता गराउन नसकेका हुन् ।

अविश्वासको प्रस्ताव आउनु अगाडी मुख्यमन्त्री पोखरेलले एक्सन लिदै माओवादी केन्द्रका मन्त्रीहरु हटाउन लाग्नु भएको छ । सकेसम्म यसअघि कै समिकरणमा मिलेर जानका लागि मुख्यमन्त्री पोखरेलले आग्रह गरेपनि सरकारमै बसेर अविश्वासको प्रस्ताव ल्याउन खोजेपछि उहाले एक्सन लिनु भएको हो ।

सो अविश्वासको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले हस्ताक्षर गर्न मानेनन् । ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएको बताइएको छ ।