जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १२:५४

कर्णाली प्रदेशमा एमालेका मन्त्रीद्वारा सामुहिक राजिनामा, सरकार अल्पमतमा


काठमाडौं, चैत्र २४

कर्णाली प्रदेश सरकारमा रहेको नेकपा एमालेका तीनै‌ मन्त्रीहरुले सामुहिक राजीनामा दिनु भएको छ । पार्टीको निर्देशनअनुसार माओवादी केन्द्र नेतृत्वको सरकारमा रहनु भएका तीनै जना मन्त्रीले आज राजीनामा दिनु भएको हो ।

मन्त्रीहरुमा दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले राजीनामा दिएपछि महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । सामाजिक विकास मन्त्री रावलले आज सामुहिक राजीनामा दिएको बताउनु भयो ।

यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर तीन मन्त्रीहरु सरकारबाट नबाहिरिएपछि मुख्यमन्त्री शाहीले आफ्नो सरकार बहुमतमा रहेको दाबी गरिरहनु भएको थियो ।