जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १८:२०

कर्णाली सरकार फेरी कब्जा गर्ने प्रचण्डको दाबी


सुर्खेत, चैत्र २४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा माओवादीको सरकार बचाउन आफू लागिपरेको बताउनु भएको छ । उहाले सकेसम्म बचाउने नभए प्रतिपक्षीमा बस्ने बताउनु भयो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिले अल्पमतमा रहेको र ११ दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने अवस्थामा पुगेको छ । शाहीलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता गरेको हो मन्त्रीहरूले पनि राजीनामा दिएकाले त्यहा सरकार ढल्ने निश्चित छ ।

मंगलबार रूकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँ आयोजित कार्यक्रममा बोल्दै आफ्नो पार्टीको सरकार बचाउन छलफलमा जुटिरहेको बताउनु भयो । ‘हामी प्रमुख प्रतिपक्षका रूपमा जनताका साथमा बसेर फेरि केही समयभित्रै सरकार कब्जा गर्ने ठाउँमा हामी पुग्छौं, यो विश्वास दिलाउन चाहन्छु । राष्ट्रिय रूपमा पनि विजयी हुनेछौं,’ उहाको भनाई थियो ।