जनता टाइम्स

२५ चैत्र २०७७, बुधबार १४:०९

गण्डकी प्रदेशमा माओवादी सरकार बाहिरिएपनि छैन कुनै ‘टेन्सन’ !


काठमाडौं, चैत्र २५

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल कुनै संकट नपर्ने देखिएको छ । यद्यपी बहुमत पु¥याउन तीन मत भने आवश्यक पर्नेछ ।

माओवादी केन्द्रले आफ्ना दुई मन्त्री फिर्ता बोलाए पनि समर्थन भने फिर्ता लिएको छैन । जसका कारण विश्वासको मत भने तत्काल लिनुनपर्ने अवस्थामा मुख्यमन्त्री रहनु भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले एक्लैका २७ सांसद छन् । उसलाई एकल बहुमतका लागि ३ सिट मात्रै अपुग हो । माओवादी केन्द्रसँग १२ सांसद (सभामुखसहित) छन् ।

वर्तमान सरकारलाई माओवादीसँगै जनमोर्चाले पनि समर्थन गर्दै आएको छ । जनमोर्चासँग ३ जना सांसद छन् । बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ, जुन एमाले र जनमोर्चाका संसद जोड्दा पुग्छ ।