जनता टाइम्स

२५ चैत्र २०७७, बुधबार २०:२२

कांग्रेस सभापति देउवा भन्नुहुन्छ : ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ’


काठमाडौं, चैत्र २५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल नयाँ सरकार बन्ने अवस्था नरहेको टिप्पणी गरेको छ । कांग्रेसकै नेता र पार्टीले नयाँ सरकार बनाउने निर्णय गरेपनि त्यसमा आवश्यक संख्या नपुग्ने सभापति शेरबहादुर देउवाले खुलासा गर्नुभएको हो ।

उहाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेकाले आफुले पहल नगरेको बताउनु भयो । ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ’ बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले भन्नुभयो, ‘संख्या निश्चित हुनुपर्‍यो, संख्या ।’

उहाले संख्या निश्चित भएपनि त्यो धोका हुने किसिमको हुन नहुने उहाको भनाई छ । सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर उसलाई पत्याउने अवस्था नरहेको टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म,’ उहाले भन्नुभयो, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त ! के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि ।’