काठमाडौं, चैत्र २६
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको शुरुवाती रुझानहरु आउन थालेका छन् । केही जिल्लाका मतपरिणाम सार्वजनिक हुँदा निर्मला शर्माले अग्रता लिनु भएको हो ।
ओखलढुंगा, दार्चुला, भोजपुर र पाल्पाबाट आएको मतपरिणाममा शर्माले अग्रता बनाएकी छन् । चार जिल्लाको मत परिणाम अनुसार शर्माले १५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका अर्का उम्मेद्वार विपुल पोखरेलले १०२ मत प्राप्त गर्नुभएको छ ।
दार्चुलामा मत गणना सकिदा शर्माले ६६ मत र पोखरेलले २४ र गजेन्द्र बुढाथोकीले १ मत पाउनु भएको छ । बरिष्ठ उपाध्यक्षमा माधव नेपाल ६६ र रमेश विष्टले २४ मत तथा महिला उपाध्यक्षमा दाना केसीले ६७ र बाला अधिकारीले २४ मत प्राप्त गर्नुभएको छ । महासचिवमा बालकृष्ण बस्नेतले ६५ र रोशन पुरीले २५ मत पाउनु भयो ।
भोजपुरमा शर्माले २० मत र पोखरेलले १९ मत पाउनु भएको छ । बरिष्ठ उपाध्यक्षमा विष्टले २२ र नेपालले १४ मत पाउनु भयो । महिला उपाध्यक्षमा बाला अधिकारीले २३ र दाना केसीले १४ मत तथा महासचिवमा रोशन पुरीले २२ र बालकृष्ण बस्नेतले १४ मत प्राप्त गर्नुभएको छ । पाल्पामा भएको मतदानमा शर्माले ४७ र पोखरेलले ४१ मत ल्याउनु भएको छ । देशभरीबाट करिव १३ हजार पत्रकारले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्