काठमाडौं, चैत्र २६
नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले सभामुखमाथी संसदमै प्रश्न उठाउनु भएको छ । उहाले संसदलाई सरकारले विजनेश दिएन भनेर गरिएको गलत प्रचारको पनि खुलेर विरोध र आपत्ति जनाउनु भयो ।
पूर्वमन्त्री समेत रहनु भएका पण्डितले संसदमा अहिले पनि धेरै विधेयक विचाराधीन भए पनि सरकारले काम दिएर भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको बताउनु भयो । ‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन ?,’ उहाको प्रश्न छ, ‘सन्धि सम्झौताहरु अनुमोदनका लागि ल्याएको यो काम होइन ?’
यसमा सभामुखको विशेष भूमिका हुने भन्दै उहाले भन्नुभयो, ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’ संसद्ले काम गर्न नसकेको भन्नु सरकारमाथि नभई संसदमाथीको प्रश्न भएकाले यसमा सभामुखको विशेष भूमिका हुनुपर्ने बताउनु भयो ।
‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने त्यो प्रश्न त्यो सभामुखप्रति पनि उठ्छ,’ उहाको भनाइ छ, ‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन ? प्रधानमन्त्रीले रोक्नु भएको छ कि ? कुन मन्त्रीले रोक्नु भयो ? बाधा अबरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा काम सरकारले भन्यो भने त्यो पूर्वाग्रह मात्रै हुन्छ ।’













प्रतिक्रिया दिनुहोस्