काठमाडौं, चैत्र २९
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले आफुहरु न्युट्रल रहेको बताउनु भएको छ । उहाले कांग्रेसले सत्ता निर्माणका लागि राखेको गठबन्धनको प्रस्ताव प्रष्ट नभएको समेत स्पष्ट पार्नुभयो । उहाले त्यस्तो अस्पष्ट गठबन्धनमा जाने सम्भावना नरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ठाकुरले काँग्रेसले नयाँ सरकार निर्माणको पहल गरे पनि स्पष्टसँग छलफल नभएको बताउनुभयो । उहाले गठबन्धनको सरकार निर्माणबारे आफूहरुको पार्टीमा कुनै तयारी नभएको स्पष्ट पार्नुभयो ।
‘प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिहाल्न पनि आफूहरुको हातखुट्टा बाँधिएको छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आव्हान गर्दै आउनुभएको छ, आफूहरुको माग पूरा भए यसबारे पार्टीमा छलफल गर्न सकिन्छ ।’ प्रधानमन्त्री ओलीको निरन्तरता र गठबन्धनको सरकार दुवै बन्न नसके चुनाव पनि अन्तिम विकल्प हुने उहाको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्