जनता टाइम्स

२९ चैत्र २०७७, आईतवार २२:१०

प्रचण्ड र माधव नेपालको लभ विचारमा होइन पदका लागि थियो : प्रभु शाह


काठमाडौं, चैत्र २८

नेकपा एमालेका नेता एंव शहरी विकासमन्त्री प्रभु शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका निलम्बित नेता माधवकुमार नेपालको लभ विचारको नभएको बताउनु भएको छ । उहाले यदी विचारको लभ थियो भने त्यसलाई अदालतले छुटाउन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रचण्डले सार्वजनिक कार्यक्रममा माधव नेपालसँग डिप लभ परिरहेका बेला अदालतले डिभोर्स गरिदिएको भन्दै विचार राख्नु भएको थियो । त्यसैको जवाफ दिदै मन्त्री शाहले विचारमा लभ परेको थियो भने विश्वको कुनै पनि तागतले छुटाउन नसक्ने बताउनु भयो ।

यस्तो छ उहाले दुई नेताको सम्बन्धका बारेमा राखेको विचार

‘अदालतले केपी ओली र प्रभु शाहको आवश्यकतालाई टुक्राउन र फुटाउन सकेन । यदी साच्चिकै माधव जी लाई लागेको थियो, प्रचण्डजी र मेरो दोस्ती नेपाली कम्युनिष्ट आन्दोलनका लागि आवश्यकता थियो भने अदालतको के हैसियत थियो र सम्बन्ध तोड्दिने । म र श्रीमति मिलेर बस्यो भने अदालतले तोडाउन सक्छ । त्यो त प्राकृतिक नियम विपरित हुन्छ । राजनीतिकर्मीले त्यसरी कल्पना गर्नु र भाषण गर्नुको कुनै आवश्यकता छैन । म त्यसरी गर्दिन ।

पद सहायक कुरा हो, म राजनीति र विचारलाई सेन्टर बनाएर हिड्छु । त्यसको आधारमा फेरी नयाँ रिलेसन बन्छ । कि मलाई लाग्यो प्रचण्डजी सँग यात्रा गर्नु भनेको गलत हुन्छ । गलतसँग कति टाढा जाने भन्ने प्रश्न आउँछ । माधवजीले जुन पोजिसन लिनुभयो । म त्यसलाई धेरै टिप्पणी नगरी यत्ति भन्छु कि त्यो अवसरवाद हो ।’