चितवन, चैत्र २९
राप्ती नगरपालिका–११ आंमपानीस्थित चिउडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ । वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ना१त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्टर करिव दुई दर्जन कामदार रहेको र सडकबाट करिब २ सय मिटर तल खसेको छ । ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्