जनता टाइम्स

३० चैत्र २०७७, सोमबार ११:३८

स्वास्थ्य मापदण्डमा कडाई गर्दै सरकार, बोलायो मन्त्रिपरिषद् बैठक


काठमाडौं, चैत्र ३०

सरकारले कोरोना संक्रमण बढ्ने जोखिम देखिरहेका बेला स्वास्थ्य मापदण्डमा कडाई गर्ने भएको छ । सकभर लकडाउन नगर्ने सोच बनाएको सरकारले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ ।

सरकारले लकडाउनका बेला अपनाएका स्वास्थ्य सुरक्षाका मापदण्डलाई फेरी लागु गर्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बोलाइएको मन्त्रिपरिषद्को बैठकमा सीसीएमसीले पेश गरेको ११ बुँदे सुझावमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ । पछिल्लो दुई सातामा २ सय ७३ बढि विद्यार्थी संक्रमित भईसकेका छन् । जसमध्ये केहीको मृत्यु भएपछि सरकार एक्सनमा उत्रिन लागेको हो ।