जनता टाइम्स

२ बैशाख २०७८, बिहीबार १९:५८

हिम आरोही टोलीलाई मन्त्री गुरुङको विदाई


काठमाडौं, बैशाख २

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई विदाईहिम आरोही टोलीलाई विदाई गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर टोलीलाई बिदाइ गर्नुभएको हो । कार्यक्रमम मन्त्री गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘तपाईँहरुको नयाँ रेकर्ड कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझै उचो बनाउने यस अभियानमा म सरकारको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछुु । बैशाख ३ गते सगरमाथा प्रस्थान गरी अभियान सुरु गर्नु अघि मलाई विदाई गर्ने अवसर प्रदान गर्नु भएकोमा आरोहण टोलीप्रति आभार व्यक्त गर्दछुु ।’

दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रवारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्ने हुनुभएको छ । आरोहीको टोलीले तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना राखेको छ ।