जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १४:१८

भोली किन बोलाए प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक ?


काठमाडौं, बैशाख ३

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत टेलिफोनमार्फत कुरा गर्दै बैठकमा आउनका लागि अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूले टेलिफोन गरेरै बोलाउनुपर्ने नेताहरुलाई फोन गरेरै कुराकानी गर्दै बैठकमा उपस्थित हुन अनुरोध गर्नुभएको छ ।