जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १९:४५

चार सांसदलाई एमालेको साधारण सदस्य समेत नरहेन गरी निस्कासन गर्न सिफारिस


सुर्खेत, बैशाख ३

नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने आफ्ना ४ सांसदमाथि पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय गरेको छ । फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई साधारण सदस्यसमेत नहरनेगरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिनुभयो । चारैजना सांसद एमाले माधव नेपाल पक्षधर हुनुहुन्छ ।