जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १८:०३

एमाले कार्यकर्ता चोरेर नयाँ पार्टी खोल्नकै लागि समानान्तर कमिटी बनाएको भीम रावलको स्वीकारोक्ति, गरे यस्तो घोषणा


धनगढी, बैशाख ४ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान चलाइरहनु भएका एमालेका निलम्बित नेता भीम रावलले आफूहरुको अभियान पार्टी बिभाजनकै लागि भएको स्वीकार गर्नुभएको छ । आगामी निर्वाचन अगावै एमालेबाट अलग भई नयाँ पार्टी गठन गर्ने खुलासा रावलले गर्नुभएको हो ।

‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ,’ नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भन्नुभयो, ‘ पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनोस ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार एमालेभित्र बबण्डर मच्चाउँदै आउनु भएका नेता रावलले आफूहरु पार्टी बिभाजनको अन्तिम तयारीमा रहेको खुलासा गरे पनि बिभाजनको आरोप भने अध्यक्ष ओलीमाथि लगाउन छाडनु भएन । उहाँले एमाले बिभाजनको रोडम्यापसमेत सुनाउनु भएको छ ।

‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन, आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्यौँ ? नेकपा एमाले थियो ? नेपाल कम्युनिस्ट पार्टी थियो,’ पार्टी बिभाजनको रोडम्याप सुनाउँदै रावलले भन्नुभयो । सर्वाेच्च अदालतको फैसलापछि सांसद पद जोगाउन एमालेमै फर्किएको घोषणा गर्नुभएका रावलसहित माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल एमाले बिभाजन गरी नयाँ पार्टी खोलेर माओवादीमा बिलय हुने रोडम्यापसहित अघि बढनु भएको छ ।

एमालेको समानान्तर कमिटीको नाममा पार्टी संरचना खडा गरी भविश्य भएका सवै युवा नेतालाई सकाएर माओवादीमा बिलय गराउने अभियान चार नेताको रहेको तथ्य बाहिर आइसकेको छ ।