काठमाडौं, बैशाख ४ । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले निलम्बित नेता माधवकुमार नेपाललाई कडा प्रहार गर्नुभएको छ । नेता नेपालसहितको समुह एमाले बिरुद्ध न्वारानदेखिको बल लगाएर माओवादी केन्द्रलाई बलियो बनाउन लागेको भन्दै नेतृ चौधरीले सच्चिन भन्दै कडा प्रहार गर्नुभएको हो ।
उहाँले नेपाल समुहलाई जहाँ प्रेम छ त्यही बसेर सघाउन पनि सुझाउनु भएको छ । एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नेपाल समुहलाई नभएको नेतृ चौधरीको भनाई छ । चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन, विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गर्दै माओवादीलाई नै सघाएको निश्कर्ष सुनाउनु भएको छ । नेतृ चौधरीलाई तत्कालिन नेकपामा प्रचण्ड–माधव पक्षको कारवाही गरेको थियो । उहाँले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी पनि दिनुभएको छ ।
‘हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो । अब तपाईंको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड,’ शान्ताले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्