जनता टाइम्स

४ बैशाख २०७८, शनिबार २१:११

पदका लागि तीन सांसदले फ्लोर क्रस गरेको पुष्टि, बक्सिसमा पाए ‘मन्त्री’ उपहार


काठमाडौं, बैशाख ४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनःगर्ठन गर्दै फ्लोर क्रस गर्ने तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । विश्वासको मत लिइसकेपछि उहाले आज साँझ मन्त्रिपरिषद हेरफेर गर्नुभएको हो ।

पार्टी ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन एमाले सांसदलाई उहाले मन्त्री बनाउनु भएको छ । एमाले सांसद नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र कर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ ।

उनीहरु तीनैजनालाई आज एमालेले पार्टी र संसदबाट निस्काशित गर्ने निर्णय गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार उहाहरुले अब बढिमा ६ महिना मन्त्री हुन पाउनु हुनेछ । यसैगरी शाहीले कांग्रेसबाट मन्त्री हुनेहरुको नाम पठाउन आग्रह गर्नुभएको छ । कांग्रेसमा विवाद भएपछि उहाले आज नै फ्लोर क्रस गर्नेलाई मात्रै मन्त्री बनाउनु भएको हो ।