काठमाडौं, बैशाख ५
राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रियसभा सदस्यबाट माओवादी केन्द्रले हटाएपछि उहा पदमुक्त हुनु भएको थियो ।
माओवादी केन्द्रबाट पदमुक्त भएपछि बादल एमालेका तर्फबाट गृहमन्त्री बन्नु भएको हो । बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।














प्रतिक्रिया दिनुहोस्