काठमाडौं, बैशाख ५ । सरकारले अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य मन्त्रालय ल्याई विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा पठाइएको छ । यसैगरी अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालय, उमाकान्त आचार्यलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । यसैगरी ईश्वरीप्रसाद अर्याललाई मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
अर्थका सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा हुनुभएको छ ।
हेर्नाेस सूची
थानप्रसाद पंज्ञानी : सह महालेखा नियन्त्रक
अच्युतप्रसाद शिवाकोटी : प्रमुख जाँचपास प्रशासक
उमाकान्त आचार्य : सह महालेखा नियन्त्रक
ईश्वरप्रसाद अर्याल : उप महानिर्देशक,भन्सार विभाग
बाबुराम सुवेदी : कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
विश्वप्रसाद अर्याल : वीरगन्ज भन्सार प्रमुख
महेश भट्टराई : अर्थ मन्त्रालय
महेश आचार्य : अर्थ मन्त्रालय
बाबुराम भण्डारी : सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
भूमिराम शर्मा : सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति













प्रतिक्रिया दिनुहोस्