जनता टाइम्स

६ बैशाख २०७८, सोमबार ११:२२

‘यस्तोमा नयाँ जनादेश उत्तम विकल्प’


काठमाडौं, बैशाख ६

नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव संसदमा परेको बताउनु भएको छ । पुनःस्थापित प्रतिनिधिसभाले काम गर्न नसकिरहेका बेला उहाले यस्तो दलहरुको अन्तर संघर्षको कूप्रभाव सबैभन्दा बढि संसदमै परेको बताउनु भएको हो ।

प्रतिनिधिसभाले करिव डेढ महिनासम्म कुनै पनि काम गर्न नसकेपछि सरकारले आजै दिउसो एक बजेबाट लागु हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । नेता पोखरेलले सामाजिक सञ्जालमा यस्तो अवस्थामा नयाँ जनादेश उत्तम विकल्प मानिने बताउनु भयो । ‘प्रमुख दलभित्रको अन्तर संघर्ष उत्कर्षमा पुग्दा त्यसको कूप्रभाव सबैभन्दा वढि संसदमै पर्छ । यस्तोमा नयाँ जनादेश उत्तम विकल्प मानिन्छ’, उहाले भन्नुभयो ।