जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १२:४५

दिल्लीमा एक साता लामो कर्फ्यु घोषणा


काठमाडौं, बैशाख ६

कोरोना भाइरसले महामारीको रुप लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज रात १० बजेदेखि अर्को सातासम्मका लागि कर्फ्यु घोषणा गरेका हुन् ।

अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा कफ्र्यु घोषणा गरिएको हो । दिल्लीका सबै अस्पतालमा विरामीको निक्कै ठुलो चाप छ भने अक्सिजनको कमी भएको पनि भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।