रुपन्देही, बैशाख ७
जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने संसदीय दलको दुई तिहाईको निर्णय भएको बताउनु भएको छ । उहाले चार जना मन्त्रीलाई कारवाही गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई नभएको पनि प्रष्ट पार्नुभयो ।
मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीपरिषदमा सहभागी भएका मन्त्रीहरुलाई जसपा लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यो दलको दुई तिहाईको निर्णय भएको बताउनु भयो । ६ सदस्यीय संसदीय दलमध्ये ४ जनाले सरकारमा सहभागी हुने निर्णय गरेका थिए ।
‘संसदीय दलले निर्णय गरेर सरकारमा सहभागी भएको अवस्थामा प्रदेश कमिटीले कुनै कारवाही गर्न सक्दैन,’ उहाले भन्नुभयो, ‘उहाँहरु संसदीय दलको दुई तिहाईले निर्णय गरेर सरकारमा सहभागी हुनु भएको छ संसदीय दल पार्टीको एउटा आधिकारिक अंग हो त्यसले गरेको निर्णय पार्टीकै निर्णय हो ।’













प्रतिक्रिया दिनुहोस्