जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार १५:३५

हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र दम्पत्तिलाई कोरोना संक्रमण


काठमाडौैं, बैशाख ७

भारतमा फर्किनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पूर्वराजा भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएर आइतबार मात्रै स्वदेश फर्केका थिए ।

शनिबार दिल्लीमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि शाह दम्पती आइतबार स्वदेश फर्किएका थिए । नेपाल आएर गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो ।