काठमाडौं, बैशाख ७
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल सर्वसम्मत चयन हुनु भएको छ । महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको पहिलो भेलाले पौडेलको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा पर्शुराम बस्नेत, सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कट्वाल, मानदेव हजारा, भिम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई, चेतन राज गिरी लगायत छन् ।
सुभाष, गोबिन्द, एकेन्द्र, मानदेव राखेपका बोर्ड सदस्य हुनुहुन्छ । महासंघको महासचिवमा मेघराज पौडेल चयन हुनुभयो । उहाँ क्लाइम्बिङ्ग संघका महासचिव हुनुहुन्छ । उप-महासचिवमा राखेप कार्यकारी सदस्य नन्दा बस्याल, सान्ता माया परियार, प्रदीप खत्री, धर्म लामा, रामकुमार खड्का, कपिल देव न्यौपाने, पराग शाहलगायत छन् ।
यस्तै, सचिवमा पुरन गिरी, दिपक न्यौपाने, उमेश केसी र राजकिशोर सिंह हुनुहुन्छ । कोषाध्यक्षमा विदुर शर्मा र सह-कोषाध्यक्षमा रुपेश अधिकारी र उज्वल सुवेदीलगायत महासंघमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्